Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

44 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

6

भोटेकोशी बाढीः जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौँ, २७ भदौः नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा विद्युत् गृहमा फसेकाको उद्धारलाई प्राथमिकतामा राखी खोजी गरिरहेको छ । सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले रसुवाको स्याफ्रुबेँसीबाट चिलिमे जलविद्युत् आयोजनाको सुरुङसम्म पुग्ने करिब एक किलोमिटर बढी पहुँच सडक निर्माण गरी हराइरहेकाको खोजी जारी राखिएको जानकारी दिए । चिलिमे आयोजनाको सुरुङ क्षेत्रमा ठाउँ साँघुरो हुँदा हेलिकप्टरबाट डोजर झार्न नसकिएकाले पहुँच सडक निर्माण गर्न

Lokaantar logoLokaantarPrivatestory17 publishers

बाढी प्रभावित क्षेत्रमा प्रचण्ड, खोज–उद्धार तीव्र पार्न आग्रह

नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी प्रभावित नुवाकोट र धादिङका विभिन्न क्षेत्रको स्थलगत अनुगमन गरेका छन् ।शनिबार प्रचण्डले नुवाकोटको बेत्रावती, त्रिशूली, देवीघाट र बेलकोटगढी तथा धादिङको गल्छी पुगेर बाढीबाट भएको क्षति, खोज–उद्धार, राहत र अस्थायी बसोबासको अवस्थाबारे जानकारी लिएका हुन् । उनले होल्डिङ सेन्टरमा रहेका विस्थापित नागरिकसँग भेटेर उनीहरूका समस्या पनि सुने ।जिल्ला समन्वय समिति नुवाकोटको आयोजनामा भएको सर्वपक्षीय छल

Lokaantar logoLokaantarPrivatestory20 publishers

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा गरिने

रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ । आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले भदौ महिनाको पुरस्कार घोषणा यही असोज १ गते गरिने जानकारी दिए । करदातालाई बिल लिन र कर तिर्ने प्रणालीमा अभ्यस्त गराउन नयाँ आर्थिक वर्षको बजेटमार्फत उक्त उपहार कार्यक्रम घोषणा गरिएको थियो । साउन १ गतेदेखि सञ्चालनमा आएको उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत यही भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटे

Lokaantar logoLokaantarPrivatestory7 publishers

भोटेकोशी बाढी प्रभावितलाई गोर्खाज फाइनान्सको १५ लाख १८ हजार सहयोग

गोर्खाज फाइनान्स लिमिटेडले रसुवाको भोटेकोशी बाढी प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख १८ हजार ४२६ रकम जम्मा गरेको छ।फाइनान्समा कार्यरत कर्मचारीहरूले सो उद्धार कोषमा आफ्नो दुई दिनको तलब बराबरको रकम कोषमा प्रदान गरेका हुन् ।फाइनान्सका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र इवाहाङ्गले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।

Lokaantar logoLokaantarPrivatestory522 publishers

प्रधानमन्त्री राहत कोषमा साढे १३ अर्ब मौज्दात

प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ बजेसम्म कोषको खातामा १३ अर्ब ५४ करोड नौ लाख तीन हजार ११७ मौज्दात छ ।कार्यालयका अनुसार भदौ २६ गते साँझ ५ बजेपछि मात्रै २८ करोड २० लाख १४ हजार ३६६ थपिएको छ । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा बैंकमा रहेको छ ।सरकारले यसअघि उक्त कोषबाट बाढीपीडितका नाममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत एक अर्ब निकासा गरिसकेको छ ।त्यस्तै को

Lokaantar logoLokaantarPrivatestory111 publishers

भग्नावशेष त्रिशूली किनार : अस्तव्यस्त जीवन, पुनः उठ्ने प्रयास र पर्खाइ [तस्वीरहरू]

२०८३ भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले प्रभावित क्षेत्रका स्थानीयको जनजीवन पछिल्लो १७ दिनदेखि अस्तव्यस्त छ । कति सिंगो परिवार नै बेपत्ता छन् । जीवित नै भएका कतिपयले परिवारका सदस्य गुमाएका छन् ।परिवार सबै सकुशल रहेकाहरूको पनि जीवनभर कमाइ गरेर जोडेको घर, महत्त्वपूर्ण कागजात, बहुमूल्य धातु भग्नावशेष बनेको छ । बाढीबाट घर, परिवार गुमाएकाहरू कोही आफन्तकहाँ शरण लिइरहेका छन्, कोही होल्डिङ सेन्टरमा छन् ।जीवित रहेकाहरू भग्नावशेष बनेको घरमै हिलो, ढुंगा, गेग्य्रान पछ्याइरहेको भेटि

Lokaantar logoLokaantarPrivatestory20 publishers

Earlier today

1

बेपत्ताको खोजी गर्न टिमुरेदेखि त्रिवेणीसम्म व्यापक सर्च

भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई व्यवस्थित बनाउन नेपाल प्रहरीले रसुवाको टिमुरेदेखि नवलपरासीको त्रिवेणीसम्मको क्षेत्रमा विशेष अप्रेशन सञ्चालनमा ल्याएको छ ।सो अप्रेशनअन्तर्गत खोज तथा उद्धारमा कुकुरको प्रयोग, होल्डिङ सेन्टरको व्यवस्थापन, समुदाय–प्रहरी साझेदारी कार्यक्रम, अपराध नियन्त्रण तथा अनुसन्धान, राहत वितरण तथा पुनस्थापना, ‘डीएनए प्रोफाइलिङ’ एवं ट्राफिक व्यवस्थापनलगायत विषयलाई उच्च प्राथमिकता दिइएको छ ।यस कार्यक्रमलाई सफल बनाउन प्रहरी हेडक्वार्टमा

Lokaantar logoLokaantarPrivatestory10 publishers

Yesterday

20

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशामा आमाबुवा

रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी छोराबुहारी बेपत्ता भएपछि बर्दियाको बारबर्दिया नगरपालिका–१ मुर्गिहवाका आँशुराम थारु र कइरी थारु उनीहरू घर फर्कने आशामा बाटो कुरिरहेका छन् ।भदौ १० गते आएको बाढीपछि उनीहरूका छोरा दीपेन्द्र थारु र बुहारी फूलमाया तामाङ सम्पर्कविहीन छन् । छोराबुहारीको अवस्थाबारे कुनै खबर नपाएपछि वृद्ध आमाबुवाको दिनरात चिन्तामै बितिरहेको छ ।छोरा सम्पर्कमा आउने आशामा आँशुराम मोबाइलमा फोनको घण्टी बज्नेबित्तिकै उठाउँछन् । घरको बाटोतिर पनि उनी निरन्तर आँखा लगाइरहन्छन् ।‘छो

Lokaantar logoLokaantarPrivatestory58 publishers

भोटेकोशी बाढीपीडितलाई दूरसञ्चार प्राधिकरणको १५ करोड सहयोग

भोटेकोशी बाढी प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल दूरसञ्चार प्राधिकरणले १५ करोड रुपैयाँ सहयोग गरेको छ ।प्राधिकरणले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरेको हो ।सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको उपस्थितिमा प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले चेक हस्तान्तरण गरेका हुन् ।प्राधिकरणले आफ्ना कर्मचारी तथा पदाधिकारीबाट समेत तलब तथा भत्ताबाट विपद् प्रभावितका लागि आर्थिक योगदान गर्ने निर्णय गरेको

Lokaantar logoLokaantarPrivatestory4 publishers

बाढी प्रभावित भएका क्षेत्रमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन संसदीय समितिको निर्देशन

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएका क्षेत्रमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई निर्देशन दिएको छ ।समितिका सभापति डा ओजस्वी शेरचनको सभापतित्वमा आज बसेको बैठकले बाढी प्रभावित क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षति, उद्धार, राहत, पुनःस्थापना तथा पुनःनिर्माणका सम्बन्धमा मन्त्रालयअन्तर्गत भएका तथा भइरहेका कार्यबारे छलफल गरेको हो ।बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेह

Lokaantar logoLokaantarPrivatestory2 publishers

परराष्ट्रमन्त्री खनाल र अमेरिकाकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि अमेरिकी दूतावासकी नवनियुक्त कार्यवाहक राजदूत मेगन बोल्डिनले भेटवार्ता गरेकी छिन् ।परराष्ट्र मन्त्रालयमा भएको भेटका अवसरमा कार्यवाहक राजदूत बोल्डिनले भोटेकोशी बाढीका कारण मृत्यु भएकाहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै यस कठिन घडीमा नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी सरकारको ऐक्यबद्धता रहेको बताइन् ।उनले बाढीबाट उत्पन्न परिस्थितिपछि राहत, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा नेपाललाई सहयोग र समर्थन गर्न अमेरिकी सरकार तयार रहेको जानकारी ग

Lokaantar logoLokaantarPrivatestory7 publishers

प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने

प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई आगामी असोज ८ गते सम्बोधन गर्ने भएका छन् ।उक्त महासभाको ‘उच्चस्तरीय सामान्य बहस’ आगामी असोज ६ देखि १२ गतेसम्म संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा सञ्चालन हुनेछ । महासभाको सामान्य बहसमा प्रधानमन्त्री शाहले असोज ८ गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।यसपटकको महासभाको नारा ‘विश्वास पुनःस्थापना, रूपान्तरणको व्यवस्थापनः सबैका लागि परिणाममुखी संयुक्त राष्ट्रसङ्घ’ रहेको छ । संयुक्त राष

Lokaantar logoLokaantarPrivatestory47 publishers

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब २३ करोड जम्मा

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात रहेको छ। कोषमा जम्मा भएको उक्त रकममध्ये ९ वटा वाणिज्य बैंकका खाताहरूमा ९ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ रुपैयाँ मौज्दात छ। यस्तै, दुई वटा वाणिज्य बैंकमा २ करोड ३२ लाख ८४ हजार ७७ अमेरिकी डलर मौज्दात रहेको छ। बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि यस कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन

Lokaantar logoLokaantarPrivatestory111 publishers

भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन

भोटेकोशी बाढीका कारण सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन गर्न पूर्वाधार विकास मन्त्रालयले समिति गठन गरेको छ ।यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा गठित समितिले सार्वजनिक यातायात क्षेत्रमा भएको क्षति, क्षतिपूर्तिको आधार तथा यससँग सम्बन्धित अन्य विषयको अध्ययन गरी १५ दिनभित्र आवश्यक राय सुझावसहितको प्रतिवेदन मन्त्रीसमक्ष पेश गर्नेछ ।समितिका सदस्यहरूमा पूर्वाधार विकास मन्त्रालयका उपसचिव निर्मला गुरुङ, सिडिई शंकर सिंह धामी, सल्लाहकार आरपी महत

Lokaantar logoLokaantarPrivatestory7 publishers

भिलद्वारा बाढी प्रभावितका लागि १ करोड राहत सहयोग

एआई प्रविधिमा आधारित विश्वव्यापी भिडियो मार्केटिङ प्लेटफर्म 'भिल'ले रसुवा बाढीबाट प्रभावितहरूको राहत तथा पुनर्स्थापना प्रयासमा सहयोग पुर्‍याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोग गरेको छ।बाढी प्रभावित परिवार तथा समुदायका तत्कालीन आवश्यकता पूरा गर्न, अत्यावश्यक सामग्री, आपत्कालीन सहायता तथा अन्य राहत उपलब्ध गराउने प्रयासमा सहयोग पुऱ्याउने उद्देश्यले सहयोग गरिएको कम्पनीले जनाएको छ । साथै, प्रभावित समुदायले पुनः स्थापित हुँदै सामान्य जीवनमा फर्किन गरिरहेका दीर्

Lokaantar logoLokaantarPrivatestory4 publishers

२७ दशमलव ९४ अङ्कले बढ्यो नेप्से, ४ अर्ब ३६ करोडको कारोबार

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढेर दुई हजार ५५९ दशमलव ४९ मा पुगेको छ ।ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ९८ अङ्कले बढेर ४५३ दशमलव ९२ मा पुगेको छ । फ्लोट सूचक एक दशमलव ८८ अङ्कले बढेर १७५ दशमलव ७० मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक एक दशमलव ४३ अङ्कले बढेर १५३ दशमलव २१ मा पुगेको छ ।आज विभिन्न कम्पनीका एक करोड २० लाख ८९ हजार ७०९ कित्ता शेयर चार अर्ब ३६

Lokaantar logoLokaantarPrivatestory55 publishers

बाढी प्रभावितलाई बुटवलका व्यवसायी पौडेलको २५ लाख २५ हजार सहयोग

बुटवलका व्यवसायी एवं सामाजिक अगुवा थानेश्वर पौडेलले बाढी प्रभावित नागरिकको राहतका लागि २५ लाख २५ हजार रुपैयाँ सहयोग गरेका छन् । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित विभिन्न जिल्लाका नागरिकको राहतका लागि पौडेलले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् । पौडेलले व्यक्तिगतरूपमा यो रकम कोषमा जम्मा गरेको बताए । पौडेल मानव धर्म सेवा समिति बुटवलका स्वयंसेवी र शाइन रेसुंगा डेभलपमेन्ट बैंक सञ्चालक समितिका अध्यक्ष समेत हुन् । ‘रसुवा, धादिङ, नुवाकोटलगा

Lokaantar logoLokaantarPrivatestory522 publishers

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सक टोली जाँदै

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली खटाइएको छ ।स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र कान्ति बाल अस्पतालका विशेषज्ञ चिकित्सकसहितको टोली नुवाकोट पठाउन लागेको हो । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सकसहितको थप टोली आज नुवाकोट जाने भएको हो ।प्रभावित क्षेत्रमा स्वास्थ्य टोली परिचालन भई सेवा दिइरहेको भए पनि मातृ तथा नवजात शिशु, बालबालिक

Lokaantar logoLokaantarPrivatestory11 publishers

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डीएनए’ नमूना सङ्कलन

यही भदौ १० गते भोटेकोशीको बाढीमा परी ज्यान गुमाएकाको शव पहिचानका लागि पोखरामा अहिलेसम्म २५ आफन्तको ‘डीएनए’ नमूना सङ्कलन गरिएको छ ।जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार बाढीमा बेपत्ता भएकाहरूको खोजी तथा शव पहिचानका लागि उनीहरूका आफन्तको ‘डीएनए’ नमूना सङ्कलन भइरहेको छ । ‘डीनएन’का लागि निवेदन, मञ्जुरीनामा फाराम भर्ने र रगतको नमूना सङ्कलन गर्ने कार्य एकीकृत रूपमा जिल्ला प्रहरी कार्यालयबाट भइरहेको उनले बताए ।बाढीमा परी ज्यान ग

Lokaantar logoLokaantarPrivatestory92 publishers

अर्थतन्त्र गतिशील बनाउन पाँच ‘विशेष प्याकेज’ अघि बढाउँदै सरकार

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन पाँचवटा विशेष प्याकेज अघि बढाउन लागेको बताएका छन् ।नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औँ वार्षिक साधारणसभामा उनले अर्थतन्त्र सुधारका लागि विभिन्न क्षेत्रलाई समेटेर पाँचवटा प्याकेजमार्फत काम अघि बढाइरहेको जानकारी दिए ।अर्थमन्त्रीले पहिलो प्याकेजअन्तर्गत भोटेकोशी बाढीबाट भएको क्षतिको पुनरुत्थान तथा पुनःस्थापनाका लागि आवश्यक काम भइरहेको बताए । बाढीबाट प्रभावित उद्योगी, व्यवसायी तथा सर्वसाधारणलाई राहत र पुनःस्थापनाका लागि

Lokaantar logoLokaantarPrivatestory8 publishers

प्रज्ञा-प्रतिष्ठानद्वारा आह्वान गीत तयार

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले रसुवा भोटेकोशी बाढीले गरेको अकल्पनीय जनधन र पूर्वाधार क्षतिको पीडामा एकजुट हुन आह्वान गीत निर्मान गरेको छ । गीतमार्फत बाढीका कारण आफन्त जन गुमाएका, उठिबास भएका एवं परिवारजन बेपत्ता भएकाहरूको दुःख र पीडामा सहानुभूति दर्साउँदै उद्धार र सहयोगमा हातेमालो गर्न आह्वान गरिएको छ ।गीतको बोल ‘आऊ बढाऔँ हात...’ रहेको छ । कुलपति ब्रजेश खनालद्वारा रचिएको गीतमा नेपालका अग्रजदेखि नयाँ पुस्ताका उदीयमान गायक गायिकाहरूले&nb

Lokaantar logoLokaantarPrivatestory2 publishers

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच  टेलिफोन वार्ता

प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता भएको छ ।प्रधानमन्त्री शाहले आफ्ना समकक्षीलाई भोटेकोशी बाढीपछि खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यहरू तीव्र पारिएको जानकारी दिँदै न्युजील्याण्डका नागरिकसहित बेपत्ता विदेशीहरूको खोजीलाई उच्च प्राथमिकताका साथ जारी राखिएको बताए । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले न्युजील्याण्डले उपलब्ध गराएको २० लाख न्युजील्याण्ड डलर बराबरको मानवीय सहायताका निम्ति प्रधानमन्त्री लक्सनप्रति कृतज

Lokaantar logoLokaantarPrivatestory10 publishers

सोलुखुम्बुको गुदेलमा पहिरोले खोला थुनियो, दूधकोशी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित गुदेलमा पहिरो खस्दा हुङ्गा (हुङ्कु) खोला थुनिएको छ। माथिबाट खसेको पहिरोका कारण खोलामा करिब १५ मिटर अग्लो र एक सय मिटर लामो बाँध (ड्याम) बनेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक नवीनराज बुढाथोकीले जानकारी दिए।पहिरोले खोला थुनिएपछि बनेको ड्याम जुनसुकै बेला फुट्न सक्ने उच्च जोखिम बढेको छ। ड्याम फुटेमा त्यसले दूधकोशी नदीमा बाढी ल्याउन सक्ने प्रहरीले जनाएको छ। सोलुखुम्बुतर्फ तटीय क्षेत्रमा खासै बस्ती नरहे पनि सम्भावित जोखिमलाई मध्यनजर ग

Lokaantar logoLokaantarPrivatestory15 publishers

जसपा लुम्बिनीमा सत्ता किचलो: एक सांसद पदमुक्त, चारमाथि पहिले नै कारबाही

आन्तरिक किचलोले जनता समाजवादी पार्टी (जसपा) नेपालका लुम्बिनी प्रदेशसभा सांसदहरूको पद संकटमा परेको छ । एक अर्कोलाई कारवाहीको ‘दोहोरी’ चल्दा कुनै सांसद पदमुक्त भएका छन् भने, केहीको पद धरापमा परेको हो ।पार्टीको निर्देशन उल्लंघन गरेर मुख्यमन्त्री चेतनारायण आचार्यलाई सघाउने संसदीय दलका नेतासहित चार सांसदलाई पार्टीले साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ । १ भदौमा मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिएका चार जना संसदीय दलका नेता सन्तोष पाण्डेय, भण्डारीलाल अहिर, आदेशकुमार अ

Lokaantar logoLokaantarPrivatestory21 publishers

भोटेकोशी बाढीः सामाजिक क्षेत्रको पुनरुत्थानका लागि मात्रै एक अर्ब आवश्यक

भोटेकोशी बाढीका कारण रु ६७ अर्ब ८७ करोडबराबरको क्षति भएको छ । त्यसको पुनरुत्थानका लागि रु एक खर्ब तीन अर्ब ५४ करोड आवश्यक पर्ने आकलन गरिएको छ ।राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको ‘द्रुत क्षति र आवश्यक मूल्याङ्कन (आरडिएनए) प्रतिवेदन’मा बाढीका कारण सात हजार ५७० वटा निजी घर ध्वस्त भएका छन् ।घर र घरभित्र रहेको सम्पत्ति मूल्याङ्कन गर्दा रु ६३ अर्ब ८८ करोड ४८ लाखको क्षति भएको छ । त्यसको पुनरुत्थानका लागि रु ९५ अर्ब ८२ करोड ७२ लाख आव

Lokaantar logoLokaantarPrivatestory36 publishers

तादी खोलामा एक्रोब्रिज निर्माण, नुवाकोट-धादिङको 'लाइफलाइन' सडक पुन: जोडियो

भोटेकोशीमा नदीमा आएको बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल बगायो । बाढीले पुल बगाएसँगै दुई नगरमात्रै नभई नुवाकोट–धादिङ र रसुवागढी जोड्ने ‘लाइफलाइन’ नै टुट्यो ।एक्कासि आएको भीषण बाढीले आहात भएका सर्वसाधारण आवतजावत गर्ने पुल नै बगेपछि झनै पीडामा परे । एक ठाउँबाट अर्को ठाउँ आवातजावत गर्ने पुल नै बगेपछि सर्वसाधारणको पीडामा मल्हम लगाउन सरकारले तत्कालै देवीघाटमा एक्रोब्रिज निर्माण गर्ने योजनालाई उच्च प्रथामिकतामा राखेर काम अघि बढायो ।सरकारक

Lokaantar logoLokaantarPrivatestory41 publishers

बाढीले थुपारेको भग्नावशेष हटाउन मात्रै झण्डै एक खर्ब लाग्ने

भोटेकोशी बाढीले थुपारेको ढुङ्गा, माटो, बालुवा र भवनका भग्नावशेष हटाउनका लागि मात्रै ९५ अर्ब ४२ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको ‘द्रुत क्षति र आवश्यक मूल्याङ्कन (आरडिएनए) प्रतिवेदन’मा तत्काल र दीर्घकालीन पुनःस्थापनाका लागि उक्त खर्च लाग्ने अनुमान रहेको उल्लेख छ ।प्रतिवेदनमा ‘क्रस कटिङ’ क्षेत्रअन्तर्गत भत्किएका भवनका संरचना हटाउन, विपद् जोखिम न्यूनीकरण र समावेशी पुनःस्थाप

Lokaantar logoLokaantarPrivatestory36 publishers

Older

17

विपद्को समयमा सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक छ : प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशले विपद्को सामना गरिरहेको बेला सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक रहेको बताएका छन् ।सिरहाको मिर्चैया नगरपालिका–५ स्थित मोहन नमूना माध्यमिक विद्यालयको नवनिर्मित भवन तथा विज्ञान प्रविधि प्रदर्शनीको उद्घाटन गर्दै अध्यक्ष दाहालले हालै रसुवाको भोटेकोशीमा गएको बाढीपछि देश सङ्कटमा परेको भन्दै सबैलाई साथ सहयोग गर्न अपिल गरे ।उनले भने, “पहाडमा सङ्कट परेको बेला मधेसले र मधेसमा विपद् प

Lokaantar logoLokaantarPrivatestory20 publishers

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित, कुन स्थानीय तह कति ?

रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते बुधबार बिहान आएको भीषण हिमबाढीका पाँच जिल्लाका १५ स्थानीय तहमा ठूलो सङ्ख्यामा घरधुरी र जनसङ्ख्या प्रभावित भएका छन् ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले राष्ट्रिय जनगणना, २०७८ अनुसार रसुवा, नुवाकोट, धादिङ, गोखरा र चितवनका बाढी प्रभावित क्षेत्रमा ५१ हजार ९९ घरधुरी र दुई लाख चार हजार ६०१ जनसङ्ख्या छन् ।बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ ह

Lokaantar logoLokaantarPrivatestory3 publishers

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ- राजदूत माओमिङ

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले पुर्‍याएको क्षतिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहने बताएका छन् । बाढीले पुर्‍याएको क्षति एवं प्रभावित बासिन्दाको अवस्था बुझ्न बिहीबार नुवाकोट पुगेका राजदूत माओमिङले बाढीपश्चात् असहज बनेको परिस्थितिलाई सहज बनाउन आवश्यक राहत उपलब्ध गराइरहेको उल्लेख गर्दै पुनरुत्थानमा पनि चीन सरकारबाट आवश्यक सहयोग उपलब्ध हुने जानकारी दिए । बाढीपछिको खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालनमा चीन सरक

Lokaantar logoLokaantarPrivatestory2 publishers

शुभम् हेल्थ केयरद्वारा भोटेकोशी बाढीपीडितका लागि ५० लाख सहयोग

नेपालमा अष्ट्रेलियन ब्रान्ड आईवीवी अष्ट्रेलियाका डायपर तथा बेबी केयर उत्पादनको आधिकारिक वितरक शुभम् हेल्थ केयर प्रोडक्ट्स प्रालिले भोटेकोशी बाढीपीडितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रूपैयाँ नगद सहयोग गरेको छ ।शुभम् हेल्थ केयर प्रोडक्ट्सले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले आईवीवीका उत्पादन बिक्रीबाट प्राप्त रकममध्ये सहयोग जुटाएको हो । उक्त सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई चेकमार्फत् हस्तान्तरण गरिएको जनाइएको छ । चेक हस्तान्तरण

Lokaantar logoLokaantarPrivatestory6 publishers

प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को वैदेशिक भ्रमण स्वीकृत भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० गतेसम्म हुने संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा जाने कार्यक्रमलाई स्वीकृत गरेको हो । बालेनको भ्रमणसहित बैठकले सात महत्त्वपूर्ण निर्णय गरेको छ । जसमा भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल–इन्डिया इन्टर–गभर्मेन्टल सब–कमिटीको बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने निर्णय भएको छ । बैठकले अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणसम्बन्धी वि

Lokaantar logoLokaantarPrivatestory47 publishers

बाढीपछिको खोज-उद्धारमा कुकुरको साथ: रक्की, जम्बो, लियो र कालुले धमाधम भैट्दै शव

रसुवाको भोटेकोशी बाढीमा हालसम्म एक हजार तीन सय ५७ जनाले ज्यान गुमाएको सरकारी तथ्याङ्क छ । अझै पाँच हजार तीन सय २६ सम्पर्कविहीन छन् ।प्रभावित क्षेत्रमा सेना, प्रहरी र सशस्त्र प्रहरी गरी २१ हजार चार सय दुई जना सुरक्षाकर्मी अहोरात्र खटिएका छन् । विभिन्न देशका विशेषज्ञ एवं प्राविधिकहरू ड्रोनसहित विभिन्न जलविद्युत् आयोजनाभित्र खोजतलासमा जुटिरहेका छन् ।यो हुलमा प्रहरीका तालिमप्राप्त कुकुर पनि खटिएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सर्च एन्ड रेस्क्यु (सार डग) बेपत्ता व्यक्तिको खोजीका लागि परिचालि

Lokaantar logoLokaantarPrivatestory104 publishers

भोटेकोशी बाढीपीडितका लागि महानगरीय ख्रीष्टिय समाजको झन्डै ५ लाख सहयोग

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकको उद्धार तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले महानगरीय ख्रीष्टिय समाज, भरतपुर, चितवनले ४ लाख ७२ हजार १६२ रूपैयाँ सहयोग गरेको छ ।समाजमा आबद्ध विभिन्न मण्डली तथा सहयोगीबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको उपस्थितिमा समाजले बुधबार उक्त सहयोग रकम कोषमा हस्तान्तरण गरेको जनाएको छ ।यही भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बा

Lokaantar logoLokaantarPrivatestory522 publishers

सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग

सेती नदीमा गएको विनाशकारी बाढीको पीडा भोगेका कास्कीको माछापुच्छे गाउँपालिका–२ सार्दिखोलाका बासिन्दाले रसुवाको भोटेकोशी बाढीपीडितका लागि सात लाख ९३ हजार ७७५ सहयोग गरेका छन् । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उदेश्यले वडा कार्यालयको पहलमा सञ्चालन गरिएको राहत सङ्कलन अभियानबाट उक्त रकम जुटाइएको हो । सङ्कलित रकम बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ । सार्दिखोलावासीले १४ वर्षअघि सेती

Lokaantar logoLokaantarPrivatestory522 publishers

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

प्रतिनिधि सभाकी उपसभामुख रुबी कुमारीले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि आफ्नो एक महिनाको पारिश्रमिक सहयोग गर्ने निर्णय गरेकी छन् ।उपसभामुख रुबी कुमारीले आफ्नो एक महिनाको पारिश्रमिक नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न संघीय संसद् सचिवालयको प्रशासन शाखालाई निर्देशन दिएकी हुन् । बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले उपसभामुखले उक्त सहयोग गर्ने निर्णय गरेको उनको सचि

Lokaantar logoLokaantarPrivatestory7 publishers

पुनर्निर्माणका लागि धनी राष्ट्रहरूसँग ५ अर्ब डलर सहायता माग्ने नेपालको तयारी

बाढीबाट प्रभावित नेपालले धनी राष्ट्रहरू र विश्वव्यापी निकायहरूसँग आर्थिक सहायताको माग गर्ने भएको छ। प्रारम्भिक पुनर्निर्माणका लागि आवश्यक पर्ने ५ अर्ब अमेरिकी डलरमा उनीहरूले योगदान दिनुपर्ने नेपालको तर्क छ। गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङमा विध्वंश मच्चाएको छ । हालसम्म कम्तीमा १,३०० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने ५,३०० भन्दा बढी मानिस बेपत्ता छन्। बाढीले १२ भन्दा बढी जलविद्युत आयोजनाहरू, सीमापार व्यापार मार्गहरू, सडकहरू, पुलहरू, घरहरू र अन

Lokaantar logoLokaantarPrivatestory20 publishers

प्रधानमन्त्री राहत कोषमा यशोदा फुड्स र श्रीराम टोबाकोको ३ करोड ५१ लाख ५१ हजार नगद सहयोग

हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढी र त्यसले निम्त्याएको ठूलो जनधनको क्षतिको राहत तथा पुनरुत्थानमा सहयोग पुर्‍याउने उद्देश्यले यशोदा फुड्स प्रा. लि. र श्रीराम टोबाकोद्वारा प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सघाउन नेपाल सरकारको 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष' मा ३ करोड ५१ लाख ५१ हजार (तीन करोड एकाउन्न लाख एकाउन्न हजार रुपैयाँ) आर्थिक सहयोग प्रदान गरेका छन्। उक्त रकम बराबरको चेक ग्रुपका अध्यक्ष कमल किशोर मालपानी र चेयरमेन चुन्नप्रसाद शर्माले संयुक्

Lokaantar logoLokaantarPrivatestory10 publishers

भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण तीव्र

भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी नागरिकका शवको पहिचानका लागि नेपाल प्रहरीले ‘डिएनए’ नमुना सङ्कलन तथा परीक्षणलाई तीव्रता दिएको छ ।शव पहिचानका क्रममा त्रुटि नहोस् भन्ने उद्देश्यले नेपाल प्रहरीले आधुनिक ‘फोरेन्सिक’ विधि डिएनए प्रोफाइलिङमार्फत नमुना परीक्षणलाई सूक्ष्म र व्यवस्थित रूपमा अगाडि बढाएको हो ।नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला, सामाखुशीले बाढी प्रभावित क्षेत्र तथा मृतकका आफन्तबाट सङ्कलन भई प्राप्त भएका ‘डिएनए’ नमुनाको परीक्षण

Lokaantar logoLokaantarPrivatestory92 publishers

‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’

भोटेकोशीको बाढी धेरै साम्य भयो तर त्यसले दिएको पीडा झन् बढ्दो छ । बाढीका कारण सम्पर्कविहीन भएकाहरूको परिवारमा रुवावासी र छट्पटी छ । घटनाको दुई साता बित्दासमेत सम्पर्कविहीन भएकाको कुनै नयाँ सूचना नआएपछि महोत्तरीका १० घरपरिवारमा अहिले सन्नाटा छ ।'हे भगवान्, जे सजाय दिनुछ, मलाई देऊ ! गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस्,' सम्पर्कविहीन पतिबारे कुनै जानकारी प्राप्त नहुँदा विचलित बनेकी महोत्तरीको पिपरा–३ की इन्दिरा यादव जतिखेर पनि यस्तै पुकारा गरिरहन्छिन् । छ महिनाको गर्भ हुर

Lokaantar logoLokaantarPrivatestory6 publishers

नुवाकोटको देवीघाटमा सेनाले तयार गर्यो नयाँ पुल

नुवाकोटको देवीघाट क्षेत्रमा नेपाली सेनाले एक्रो ब्रिज जडानको काम सम्पन्न गरेको छ ।रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि यातायात सम्पर्क ठप्प बनेको देवीघाट क्षेत्रमा यातायात सहज बनाउन सेनाले पाँच दिनअघि पुल जडानको काम सुरु गरेको थियो । सेनाको टोलीले निरन्तर खटिएर बुधबार राति पुल जडानको काम पूरा गरेको हो ।नयाँ पुल जडान भएसँगै आजदेखि पैदलयात्रीका लागि आवतजावत खुला गरिने भएको छ भने भोलिदेखि सवारीसाधनसमेत सञ्चालनमा आउने भएका छन् ।यसअघि भोटेकोशीको बाढीले देवीघाटमा रहेको पक्की पुल

Lokaantar logoLokaantarPrivatestory41 publishers

मृतक तथा प्रभावित प्रहरी कर्मचारीका छोराछोरीको शिक्षामा आवश्यक व्यवस्था मिलाउने

भोटेकोशी बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारले २५ लाख १० हजार रुपैयाँ बराबरको राहत तथा सुविधा पाउने भएका छन् । नेपाल प्रहरीका अनुसार मृतक प्रहरी कर्मचारीका परिवारलाई कल्याण कोषबाट तीन लाख, किरिया खर्चबापत ४० हजार, राष्ट्रिय वाणिज्य बैङ्कबाट पाँच लाखको बीमा, राष्ट्रिय बीमा संस्थानबाट दुई लाख तथा नेपाल प्रहरी सङ्गठनबाट विशेष राहतस्वरूप १० लाख उपलब्ध हुनेछ ।त्यस्तै, कर्मचारी सञ्चय कोषबाट दुर्घटना क्षतिपूर्तिबापत दुई लाख र किरिया खर्च ४० हजार उपलब्ध हुने व्यवस्था छ । नागरिक लगानी

Lokaantar logoLokaantarPrivatestory37 publishers

भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’

भोटेकोशीको बाढी धेरै साम्य भयो तर त्यसले दिएको पीडा झन् बढ्दो छ । बाढीका कारण सम्पर्कविहीन भएकाहरूको परिवारमा रुवावासी र छट्पटी छ । घटनाको दुई साता बित्दासमेत सम्पर्कविहीन भएकाको कुनै नयाँ सूचना नआएपछि महोत्तरीका १० घरपरिवारमा अहिले सन्नाटा छ ।“हे भगवान्, जे सजाय दिनुछ, मलाई देऊ ! गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस्,” सम्पर्कविहीन पतिका बारेमा कुनै जानकारी प्राप्त नहुँदा विचलित बनेकी महोत्तरीको पिपरा–३ की इन्दिरा यादव जतिखेर पनि यस्तै पुकारा गरिरहेकी छन् ।छ महिनाको गर्भ

Lokaantar logoLokaantarPrivatestory6 publishers

भोटेकोशी बाढीः ज्यान गुमाएका प्रहरीका परिवारले २५ लाख राहत पाउने

भोटेकोशी बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारले रु २५ लाख १० हजार बराबरको राहत तथा सुविधा पाउने भएका छन् ।नेपाल प्रहरीका अनुसार मृतक प्रहरी कर्मचारीका परिवारलाई कल्याण कोषबाट रु तीन लाख, किरिया खर्चबापत रु ४० हजार, राष्ट्रिय वाणिज्य बैङ्कबाट रु पाँच लाखको बीमा, राष्ट्रिय बीमा संस्थानबाट रु दुई लाख तथा नेपाल प्रहरी सङ्गठनबाट विशेष राहतस्वरूप रु १० लाख उपलब्ध हुनेछ ।त्यस्तै, कर्मचारी सञ्चय कोषबाट दुर्घटना क्षतिपूर्तिबापत रु दुई लाख र किरिया खर्च रु ४० हजार उपलब्ध हुने व्यवस्था छ । नाग

Lokaantar logoLokaantarPrivatestory37 publishers

Browse by publisher

37