Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

13 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

7

सरकारको निर्णय कार्यान्वयनमा : सांसदहरूले स्वकीय सचिव राख्न पाउने

काठमाडौं – संघीय संसद्का सांसदहरूले पुनः स्वकीय सचिव नियुक्त गर्न पाउने भएका छन् । सरकारले गरेको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएसँगै सांसदहरूका लागि स्वकीय सचिव राख्ने कानुनी बाटो खुलेको हो । पछिल्लो मन्त्रिपरिषद् बैठकले सांसदहरूलाई स्वकीय सचिवको सुविधा पुनः उपलब्ध गराउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधा […]

दिल्लीमा ककरोचको ‘संसद् मार्च’ हिंसात्मक, प्रदर्शनकारीको चेतावनी : नेपालको जस्तै तहसनहस पारिदिन्छौँ

नयाँ दिल्ली : भारतको राजधानी दिल्लीमा ककरोच जनता पार्टी (सीजेपी) ले आयोजना गरेको ‘संसद् मार्च’का क्रममा प्रदर्शनकारी र प्रहरीबीचको झडपले तनाव चुलिएको छ। प्रहरीका अनुसार झडपमा ५० भन्दा बढी सुरक्षाकर्मी घाइते भएका छन् भने राजधानीका संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ। प्रहरीका अनुसार घाइते सुरक्षाकर्मीलाई उपचारका लागि अस्पताल पठाइएको छ। हिंसापछि स्थिति नियन्त्रणमा […]

एन्डी बर्नहम बने बेलायतका ५९औँ प्रधानमन्त्री

लन्डन : एन्डी बर्नहम सोमबार बेलायतका ५९औँ प्रधानमन्त्री बनेका छन्। बकिङ्घम दरबारमा राजा चार्ल्स तृतीयसँग भएको निजी भेटपछि उनलाई सरकार गठन गर्न औपचारिक निमन्त्रणा दिइएको हो। यसअघि तत्कालीन प्रधानमन्त्री कीर स्टार्मरले पदबाट राजीनामा दिएका थिए। त्यसलगत्तै नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइएको हो। यता डाउनिङ स्ट्रिटमा लेबर पार्टीका दर्जनौँ वरिष्ठ नेता भेला भएका छन्। उनीहरूमध्ये […]

‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन सरोकारपक्षसंग आग्रह गरेको छ । मन्त्रालयले चालु आवलाई कानुन सुधार र निर्माण वर्ष घोषणा गरेको छ । यसका लागि मन्त्रालयले आज सबै मन्त्रालयका कानुन शाखा-महाशाखाका प्रमुखहरुसंग छलफल सुरुवात गरेको छ । प्रत्येक महिनाको पहिलो सोमबार यो बैठक नियमित हुने बस्ने तय […]

फास्ट ट्र्याक निर्माणमा ढिलाइप्रति राष्ट्रियसभा सदस्यको असन्तुष्टि

काठमाडौं– काठमाडौं तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणमा भएको ढिलाइप्रति राष्ट्रियसभा सदस्यहरूले असन्तुष्टि जनाएका छन् । सिंहदरबारमा सोमबार बसेको राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा मधेश र बागमती प्रदेश अन्तर्गतका जिल्लाहरूमा गरिएको अनुगमनको समीक्षा गर्दै उनीहरूले काठमाडौं तराई द्रुतमार्ग निर्माणको कार्य निकै सुस्त भएको र अबको चार वर्षमा पनि निर्माण सम्पन्न नहुने जनाएका […]

भारतीय संसद्सम्मै ककरोचका समर्थकको प्रदर्शन, शीर्ष नेता अभिजीतलाई प्रहरीले नियन्त्रणमा लिएको दाबी

नयाँ दिल्ली : ककरोच जनता पार्टी (सीजेपी) को आयोजनामा भएको प्रदर्शनका क्रममा सोमबार युवाहरू भारतीय संसद् परिसम्म पुगेका छन् । उनीहरूले प्रदर्शनका क्रममा आफ्ना नेता अभिजीत दीपकेलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको दाबी गरेका छन्। तर, प्रहरीले भने उक्त दाबी अस्वीकार गरेको छ। सोमबार सीजेपी समर्थकहरू संसद भवन नजिक पुगेपछि प्रदर्शन उग्र बनेको थियो। केही प्रदर्शनकारीले […]

प्रश्नपत्र चुहावटविरुद्ध भारतमा युवा आन्दोलन चर्कियो, शिक्षामन्त्रीको राजीनामा माग

नयाँदिल्ली- भारतमा विभिन्न प्रवेश तथा सरकारी सेवाका परीक्षामा प्रश्नपत्र चुहावट भएको घटनाविरुद्ध सुरु भएको युवा आन्दोलन थप चर्किएको छ। शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै हजारौँ प्रदर्शनकारी सोमबार संसद् भवनतर्फ मार्च गर्ने उद्देश्यले नयाँदिल्लीमा भेला भएका छन्। प्रहरीले प्रदर्शनका लागि अनुमति नदिएपछि राजधानीको जन्तरमन्तर क्षेत्र तथा संसद् आसपास ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रदर्शनकारीहरू अघि […]

Yesterday

5

सांसदहरूलाई ओलीले भने- जनताको आवाज सशक्त रूपमा संसद्‍मा उठाउनुस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जनताको आवाजलाई तथ्य, तर्क, अध्ययनसहित सशक्त रूपमा संसद्मा प्रस्तुत गर्न आफ्ना सङ्घीय सांसदरूलाई निर्देशन गरेका छन् । एमालेको केन्द्रीय संसदीय विभागले आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले तथ्यमा आधारित बहस, जनसरोकारका मुद्दाको गहिरो अध्ययन र राष्ट्रिय हितलाई केन्द्रमा राखेर […]

राष्ट्र बैङ्क ऐन संशोधन विधेयकमाथि छलफल

काठमाडौं– प्रतिनिधिसभा, अर्थ समितिले नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेको छ । समितिको आजको बैठकमा उक्त विधेयकका सम्बन्धमा नेपाल बैङ्कर्स सङ्घ र बैङ्क तथा वित्तीय संस्था परिसङ्घका पदाधिकारीसँग छलफल भएको समितिका सचिव लक्ष्मण अर्यालले जानकारी दिए । छलफलमा अर्थ, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय […]

बाल सुधार गृहका बालबालिकाको मानवअधिकार अवस्थाबारे समितिमा छलफल

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा देशभरका बाल सुधार गृहमा रहेका बालबालिकाको मानवअधिकार अवस्थाबारे तयार गरिएको उपसमितिको प्रतिवेदनमाथि छलफल भएको छ । समितिको बैठकमा उपसमितिले स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदनमाथि सदस्यहरूले सुझावसहित छलफल गरेको हो । छलफलका क्रममा बाल सुधार गृहको भौतिक पूर्वाधार सुधार, आवश्यक जनशक्ति व्यवस्थापन, मनोसामाजिक परामर्श सेवा विस्तार तथा बालमैत्री […]

सांसदहरूसँग एमाले अध्यक्ष ओलीलगायत नेताको छलफल (तस्बिरहरू)

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले संघीय सांसदहरूसँग अन्तरक्रिया गरेको छ । पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा सांसदहरूसँग एमाले अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेल, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ लगायत नेताहरू सहभागी छन् । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

अर्थसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसा अन्तर्गत रहेका दुई वटा समितिको बैठक आज बस्दैछ । आज अर्थ समिति र कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बस्न लागेको हो । अर्थ समितिको बैठक बिहान साढे ९ बजे सिंहदरबामा बस्नेछ । बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि सरोकारवाला संघसंस्थाहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ […]

Older

1

स्टार्मरको राजीनामापछि बर्नहम बेलायतको प्रधानमन्त्री बन्ने

एजेन्सी– लेबर पार्टीका वरिष्ठ नेता तथा ग्रेटर म्यानचेस्टरका पूर्वमेयर एन्डी बर्नहम सोमबार बेलायतका नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । उनले गत महिना राजीनामा घोषणा गरेका किअर स्टार्मरलाई प्रतिस्थापन गर्नेछन् । सत्तारुढ लेबर पार्टीको नेताका रूपमा स्टार्मरको उत्तराधिकारी चयन गर्ने प्रक्रियामा बर्नहम एक्लो उम्मेदवार बनेका थिए । बेलायती संसदीय परम्पराअनुसार संसदको तल्लो सदन हाउस अफ कमन्समा […]

Browse by publisher

37