Skip to content
kchakhabarehकेछखबर
Feed · deep dive

Every headline, as it lands

23 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

3

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते भएको कालिका बोर्डिङ स्कुलको बस दुर्घटनामा प्राविधिक खराबी, तीव्र गति र चालकको लापर्वाहीलाई जिम्मेवार बनाइएको छ । दुर्घटनाको छानबिनका लागि पोखरा महानगरद्वारा गठन गरिएको छानबिन समितिले दुर्घटनाका सम्भावित कारण बसको प्राविधिक खराबीलगायतका पक्ष रहेको निष्कर्षसहित प्रतिवेदन बुझाएको छ । महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको […]

Khabarhub logoKhabarhubPrivate3 publishers

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले पोखराले दिएको लक्ष्य ४ विकेट गुमाएर पूरा गर्‍यो। जितसँगै सुदूरपश्चिमले प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। सुदूरपश्चिमको जितसँगै मैदानमा खेलाडीको प्रदर्शन, समर्थकको उत्साह र खेलका रोमाञ्चक क्षणहरू […]

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको छ। बुधबार भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको हो। पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो। पहिलो खेलमा लुम्बिनी लायन्ससँग १९ रनले पराजित भएको सुदूरपश्चिमले दोस्रो […]

Yesterday

10

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सले चौथो विकेट गुमाएको छ। सुदूरपश्चिमका ब्याटर इशान पाण्डे आउट भएका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा पोखराले दिएको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले लगातार विकेट गुमाएको हो। यसअघि पहिलो इनिङ्समा पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा १४५ रन बनाएको थियो। जवाफमा ब्याटिङ गर्न उत्रिएको सुदूरपश्चिमलाई […]

Khabarhub logoKhabarhubPrivate2 publishers

आजका समाचार : एनपीएल जारी, चिकित्सा शिक्षा क्षेत्रको सहमति कार्यान्वयन हुने, चक्रपात आँधीको चेतावनी र खाडी मुलुक फेरि जोखिममा

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ । नेपाल प्रिमियर लिग अन्तर्गत बुधबारको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले पूरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १४५ रन बनाएको हो । पोखराका लागि अर्जुन घर्तीले सर्वाधिक ४० रन बनाए । २५ बल खेल्दा उनले एक छक्का […]

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ । नेपाल प्रिमियर लिग अन्तर्गत बुधबारको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले पूरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १४५ रन बनाएको हो । पोखराका लागि अर्जुन घर्तीले सर्वाधिक ४० रन बनाए । २५ बल खेल्दा उनले एक छक्का र चार चाैका हिर्काए […]

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध पोखरा एभेञ्चर्सले ब्याटिङ थालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि पोखरा ब्याटिङमा उत्रिएको हो । अहिले १४ ओभरको समाप्तिमा पोखराले पाँच विकेट गुमाएर ९६ रन बनाएको छ । अहिले क्रिजमा अर्जुन घर्ती र धनञ्जय लक्षण छन् । […]

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर बलिङ रोजेपछि पोखराले ब्याटिङ गर्ने भएको हो । सुदूरपश्चिम आज दोस्रो खेल खेल्दैछ भने पोखरा पहिलो खेल खेल्दैछ । पोखराको कप्तानी कुशल भुर्तेलले गरेका छन् भने सुदूरपश्चिमका कप्तान […]

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर बलिङ रोजेपछि पोखराले ब्याटिङ गर्ने भएको हो । सुदूरपश्चिम आज दोस्रो खेल खेल्दैछ भने पोखरा पहिलो खेल खेल्दैछ । पोखराको कप्तानी कुशल भुर्तेलले गरेका छन् भने सुदूरपश्चिमका कप्तान […]

स्याङ्जामा फस्टाउँदै फूलखेती

वालिङ – पछिल्लो समय स्याङ्जामा व्यावसायिक फूलखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । कुनै बेला घरायसी प्रयोजनका लागि मात्रै निर्वाहमुखी फूल उत्पादन हुने गरेकामा पछिल्लो समय यहाँ फूलको व्यावसायिक उत्पादन थालिएको हो । अरु अन्नबालीको तुलनामा बाँदरले क्षति नपुर्‍याउने र बजारमा सहजै खपत हुने भएकाले किसान फूलखेतीतर्फ आकर्षित हुँदै गएका हुन् । जिल्लाभित्रै फूलको […]

Khabarhub logoKhabarhubPrivate3 publishers

पोखरामा जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्किएको सौन्दर्य

गण्डकी– पोलैपिच्छे गुजुल्टिएका त कतै लत्रेका तार । सडक किनारका अव्यवस्थित र जीर्ण पोल । एकातिर दुर्घटनाको जोखिम, अर्कातिर सहरी सौन्दर्यमा आँच । केही समयअघिसम्म पोखराको मुख्य राजमार्ग र छेउछाउका बस्तीमा आँखा बिझाउने दृश्य थिए यी । तर अहिले पोखराका केही ठाउँको अवस्था फेरिएको छ । अस्तव्यस्त बिजुलीका पोल र तार हटाइएपछि सडक खुला देखिएको […]

Khabarhub logoKhabarhubPrivate6 publishers

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय एकताको सुदृढीकरण, सनातन वैदिक संस्कृतिको संरक्षण तथा वैदिक विश्वविद्यालय स्थापनाको मूल उद्देश्यका साथ राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु भएको छ । मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यले गत आइतबार पवित्र मुक्तिनाथधामबाट सो रथयात्राको शुभारम्भ गरेका हुन् । उनकै सत्सङ्कल्पमा नेपाल तीर्थस्थल विकास राष्ट्रिय समितिको आयोजनामा रथयात्रा […]

Khabarhub logoKhabarhubPrivate5 publishers

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार) सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा अपराह्न साढे ४ बजे सुरु हुनेछ । सुदूरपश्चिमको नेतृत्व दीपेन्द्र सिंह ऐरीले गर्दैछन् । अन्य खेलाडीहरुमा विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहोरा, इशान पाण्डे, नरेन साउद, हेमन्त धामी, मिलन बोहरा, […]

Older

10

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र सेताम्मे हिमालले पोखराको सौन्दर्य थप खुलेको छ । दसैँयता पर्यटकको चहलपहल बाक्लिएको छ । पर्यटनको राजधानी पोखरा यतिबेला ‘गुल्जार’ बनेको छ । पर्यटकीय गतिविधि बढेका छन् । पोखराको पर्यटन साहसिक खेलसँग पनि जोडिएको छ । यतिबेला पोखराको आकाशमा दैनिक प्याराग्लाइडिङदेखि हट एयर बेलुनसम्म, अल्ट्रालाइटदेखि स्काइडाइभिङसम्म […]

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि पोखरामा सुरु भएको छ ।आगामी एसीसी पुरुष यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको तयारी स्वरूप टोलीको बन्द प्रशिक्षण पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सुरु भएको हो । नेपाल क्रिकेट सङ्घ (क्यान)ले प्रतियोगिताको तयारीका लागि प्रारम्भिक चरणमा २८ खेलाडी छनोट गरी पोखरा क्रिकेट मैदानमा बन्द प्रशिक्षण सञ्चालन […]

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङको स्याउ बिक्री हुन कठिन

मुस्ताङ– व्यापारीले केही महिनादेखि मुस्ताङको स्याउ सोचेजति बिक्री गर्न सकेका छैनन् । पूर्वमा बेनी–जोमसोम सडकमार्ग अवरुद्ध भएपछि समय सीमाभित्र स्याउ बजार पठाउन नसकेका कारण सोचेअनुसार स्याउ बिक्री हुन नसकेको हो । केही महिनादेखि पोखरा-काठमाडौँ लगायतका फलफूल बिक्रेताको गोदाममा मुस्ताङको स्याउ थुप्रिएका छन् । स्याउ खपत हुने मुख्य समयमा सडक अवरुद्ध भएकाले मुस्ताङको स्याउ जिल्लामै रोकिएको […]

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष संवाद अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् । मंगलबार बीपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको सम्मान कार्यक्रममा सभापति थापाले आन्तरिक प्रतिस्पर्धाका क्रममा उत्पन्न तिक्तता त्यागेर पार्टीबाट टाढिएका मतदाता र उनीहरूका परिवारलाई पुनः जोड्न संवाद अभियान आवश्यक रहेको बताएका हुन् । उनले पार्टीको आन्तरिक निर्वाचनलाई […]

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्रिकेटको रौनक देखिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदा मैदानमा खेलाडीको प्रतिस्पर्धासँगै दर्शकको उत्साह पनि देखिएको हो । सोमबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले पराजित गर्दै सुखद सुरुआत […]

निजी क्षेत्रसँग मिलेर काम गर्न सरकारसँग हुटहुटी छ : सभामुख अर्याल

गण्डकी– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य बलियो नहुने बताएका छन् । पोखराका अगुवा पर्यटन व्यवसायीसँग आज भएको भेटमा उनले मुलुकको समृद्धिका लागि निजी क्षेत्रलाई सबल र सक्षम बनाउनुपर्ने धारणा राखे । “विप्रेषण यति आयो भनेर बसेर मात्र हुँदैन, हामीले हाम्रै निजी क्षेत्रको विकासमा जोड दिनुपर्छ”, उनले भने, “निजी क्षेत्रसँग मिलेर काम […]

लुम्बिनीले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन् । एनपीएलका लागि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सुरक्षा व्यवस्था चुस्त पारिएको छ । एनपीएलको तेस्रो संस्करणको सुरक्षार्थ एक सयभन्दा बढी सादा पोशाकका सुरक्षाकर्मी परिचालन गरिएको […]

कांग्रेसले गुमेको विश्वास फर्काउन घरदैलोमा जानुपर्छ : सभापति थापा

वालिङ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले गुमाएको विश्वास पुनः स्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्ने बताएका छन् । स्याङ्जाको पुतलीबजारमा आज आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा उनले मतभन्दा पनि कांग्रेसले विश्वास गुमाएको बताए । ‘कांग्रेसले गुमाएको मत होइन, विश्वास हो,’ उनले भने, ‘विश्वास पुनः स्थापित भयो भने मत त्यसलाई पछ्याउँदै आफैँ आउँछ […]

कुहिरोको घुम्टोभित्र हराएको मानुङकोट, बढ्न थाल्यो आन्तरिक पर्यटकको चहलपहल

दमौली– बिहानको झिसमिसे उज्यालोसँगै मानुङकोटको डाँडाबाट तल हेर्दा दमौली बजार कुहिरोको बाक्लो घुम्टोभित्र हराएको देखिन्छ । सेताम्मे कुहिरोमाथि उदाउँदै गरेको घामको सुनौलो किरण, वरपरका पहाडी शृङ्खला र चिसो हावाको स्पर्शले यहाँ पुग्ने जो कोहीलाई मन्त्रमुग्ध बनाउँछ । यही दृश्य हेर्न अहिले तनहुँको पर्यटकीय गन्तव्य मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । पोखराबाट मानुङकोट पुगेकी गीता […]

खोटाङमा एक व्यक्तिबाट श्रीमतीसहित चारजना माथि खुकुरी प्रहार

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा खुकुरी प्रहारबाट एउटै घरका चार जना गम्भीर घाइते भएका छन् । च्यास्मीटारस्थित जारबुङका ४३ वर्षीय नइन्द्रकुमार राईले ससुराली घर आहालेमा गएराति गरेको खुकुरी प्रहारबाट ४० वर्षीया श्रीमती अञ्जना राई, ६२ वर्षीया सासु सेवन्ता राई, २५ वर्षीया साली टेमिना राई र सालो नरेन्द्र राई घाइते भएका हुन् । जिल्ला प्रहरी […]

Browse by publisher

37