Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

6 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

2

कुसुमले दीपक खड्कालाई भनिन् : अदालतका कर्मचारीदेखि न्यायाधीशसम्म मिलाएको छु भन्दै नहिँड्नुहोला

काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्वसांसद कुसुम थापाले कांग्रेस नेता दीपक खड्कालाई राजनीतिक लडाइँ राजनीतिक र कानुनी लडाइँ कानुनी प्रक्रियाबाटै लड्न आग्रह गरेकी छन् । थापाले सामाजिक सञ्जालमार्फत खड्कालाई सम्बोधन गर्दै राजनीतिक विषयलाई पटकपटक कानुनी प्रक्रियामा लैजाने गरिएको भन्दै त्यसको सामना गर्न आफूहरू तयार रहेको बताएकी हुन् । उनले खड्काले आफू जेलमा रहेका बेला […]

कांग्रेस महाधिवेशन रोक्न देउवा समूह सर्वोच्च पुग्यो

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै सभापति शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएको छ। विशेष महाधिवेशनसम्बन्धी विवादमा सर्वोच्चले पुनरावलोकनका लागि निस्सा दिएपछि मुद्दा विचाराधीन रहेकाले त्यसको टुंगो नलागेसम्म १५औँ महाधिवेशन अघि बढाउन नहुने देउवा समूहको जिकिर छ। निवेदनमाथि आगामी ११ भदौमा पेशी तोकिएको छ।

Yesterday

1

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा र खड्काको छुट्टाछुट्टै रिट सर्वोच्चमा

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्च अदालत पुगेको छ। पार्टीको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले छुट्टाछुट्टै रिट निवेदन सोमबार सर्वोच्च अदालतमा पेश गरेका छन्। गत शुक्रबार देउवा र खड्काका तर्फबाट सर्वोच्चमा पेश भएका दुई छुट्टाछुट्टै रिट थप अध्ययनका लागि भन्दै त्यही दिन प्रशासनले […]

Older

3

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर सक्रियता बढाउन थालेका छन्। पाँच महिना विदेश बसेर साउन २८ गते फर्किएका देउवा अहिले आफूनिकट नेताहरूसँग भेटघाट, संवाद र छलफलमा व्यस्त छन्। कांग्रेसले १५औँ महाधिवेशनका गतिविधि अघि बढाएसँगै देउवामाथि दबाब पनि बढेको छ। देउवाले आफ्नो सम्पर्क कार्यालयमा सभापतिकै हैसियतमा बसेर नेता र कार्यकर्तासँग छलफल गरिरहेका […]

चुनदेवीबाट गगनविरुद्ध सक्रियता बढाउँदै देउवा (तस्बिरहरू)

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पन्ध्रौँ महाधिवेशन तयारी अघि बढाएको अवस्थामा चुनदेवीमा बसेर पूर्वसभापति शेरबहादुर देउवाले इतर समूहको सक्रियता बढाएका छन्। चौधौँ महाधिवेशनबाट सभापति बनेका देउवालाई थापाले २०८२ पुस अन्तिममा भएको दोस्रो विशेष महाधिवेशनमार्फत् नेतृत्वबाट बिदा गरेका थिए । गत फागुन १३ गते सिंगापुर गएर गत साउन २८ गते काठमाडौं फर्किएयता देउवाले बूढानीलकण्ठको चुनदेवीलाई […]

कांग्रेसलाई फुट्नबाट जोगाउन देउवासमक्ष नैनसिंह महरका तीन प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवाद मिलाउन युवा नेता नैनसिंह महरले पूर्वसभापति शेरबहादुर देउवासमक्ष तीनवटा प्रस्ताव अघि सारेका छन्। आइतबार बिहान देउवासँग भएको भेटमा महरले पार्टीभित्रको विवाद तत्काल संवाद र सहमतिबाट समाधान गर्नुपर्नेमा जोड दिएका हुन्। लामो समय उपचारपछि नेपाल फर्किएका देउवालाई भेट्न पुगेका महरले पार्टीलाई यसरी विवादमा राखेर अघि बढ्न नसकिने भन्दै नेतृत्व तहबाटै […]

Browse by publisher

37