Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

33 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

5

अस्पतालमा प्रसूती सेवा नपाएकामा संसद्‌मा विरोध, बालेनलाई सम्झाए चुनावी भाषण

प्रधानमन्त्री बालेन शाहले चुनावमा बेला भोट माग्दा गोजीमा पैसा नहुनेले उपचार पाउनु पर्छ भनेका थिए । तर राजविराजको गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालले पैसा नभएका कारण भर्ना नलिँदा बबिता पासवाले सडकमै बच्चा जन्माउनुपर्‍यो ।

महाधिवेशन कार्यतालिका स्थगन गरेर वार्तामा बस्न कांग्रेसका २४ नेताको आग्रह

२६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका दुई दर्जन नेताहरूले संस्थापन र संस्थापन इतर समूहलाई १५ औं महाधिवेशनको कार्यतालिका स्थगन गरेर एकताका लागि निर्णायक वार्ता प्रारम्भ गर्न आग्रह गरेका छन् । पूर्वसहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेसहितका दुई दर्जन नेताहरूले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरेर दुवै समूहलाई महाधिवेशनको कार्यतालिका स्थगन गरेर एकताका लागि […]

बाढी प्रभावित राहत कोषमा ‘भिल’ को १ करोड रुपैयाँ सहयोग

२६ भदौ, काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिमा आधारित विश्वव्यापी भिडियो मार्केटिङ प्लेटफर्म ‘भिल’ले बाढी प्रभावितहरूको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ। कम्पनीले एक विज्ञप्ति जारी गर्दै बाढी प्रभावित परिवार तथा समुदायको तत्कालीन आवश्यकता पूरा गर्न, अत्यावश्यक सामग्री, आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै दीर्घकालीन पुनर्स्थापना प्रयासमा सघाउ पुर्‍याउने उद्देश्यले उक्त रकम […]

बबिताले सडकमै बच्चा जन्माउन बाध्य भएकोबारे सरकारसँग जवाफ माग

राजविराज नगरपालिका १४ पर्साहीकी बबिता पासवानले सडकमै बच्च जन्माउन बाध्य भएको विषयमा सरकारसँग जवाफ गरिएको छ ।

OnlineKhabar logoOnlineKhabarPrivate

गीता गुरुङको प्रश्न : रास्वपाको शासनकालमा पैसा नहुनेले सडकमै बच्चा जन्माउनुपर्ने हो ?

नेपाली कांग्रेसकी सांसद गीता गुरुङले राजविराज नगरपालिका १४ पर्साहीकी बबिता पासवानले सडकमै बच्च जन्माउन बाध्य भएको विषयमा सरकारसँग जवाफ मागेकी छन् ।

OnlineKhabar logoOnlineKhabarPrivate

Earlier today

3

१५औँ महाधिवेशनमा भाग लिन कसैलाई बञ्चित गरिएको छैन : सभापति थापा

२६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा भाग लिनबाट कुनै पनि नेतालाई वञ्चित नगरिएको दाबी गरेका छन्। महाधिवेशन निर्धारित कार्यतालिकाअनुसार नै सम्पन्न हुने र सबै नेता–कार्यकर्ताले त्यसमा सहभागी हुन पाउने उनले बताए। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति थापाले आगामी असोज ४ गतेदेखि तल्लो तहको अधिवेशन प्रक्रिया सुरु हुने […]

महाधिवेशनको तिथिमिति तलमाथि हुँदैन : गगन थापा

२६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औं महाधिवेशनको तिथिमिति एक दिन पनि तलमाथि नहुने बताएका छन् । गिरिजाप्रसाद कोइराला फाउन्डेसन शुक्रबार आयोजना गरेको संस्थाको ‘समीक्षा तथा भावी योजना’ विषयका कार्यक्रममा उनले महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका हुन् । ‘एक दिन पनि, एक घण्टा पनि यसको तिथिमिति तलमाथि सर्दैन । ४ […]

बालेनबारे गगन : ‘ही हेट्स प्राइभेट सेक्टर’

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन शाहलाई निजी क्षेत्र हेर्नै मन नपर्ने टिप्पणी गरेका छन्।

Yesterday

16

स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु

कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नयाँ पुस्ताको नेतृत्वमा अघि बढाउन आवश्यक परे आगामी अधिवेशनबाट आफू नेतृत्व छाड्न तयार रहेको बताएका छन् ।

फुटपाथमै बच्चा जन्माएको घटनामा छानबिन गर्न कांग्रेसको ध्यानाकर्षण

नेपाली कांग्रेस मधेश प्रदेशले राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा उपचारका लागि पुगेकी एक विपन्न महिलालाई आर्थिक अभावका कारण उपचार नपाउनु गम्भीर विषय भएको जनाएको छ।

कांग्रेस महाधिवेशन : सातै प्रदेशका निर्वाचन समिति संयोजक तोकिए

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १५ औं महाधिवेशनका लागि प्रदेश निर्वाचन संयोजकहरू तोकेको छ ।

सुधनसँग निश्कलको प्रतिवाद : सिकाउन आएको हो भने संस्कार सिकाउनुहोस्, विवादित धर्मगुरुको संगत नसिकाउनुहोस्

२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले आफूहरू राजनीति सिक्न तयार रहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले गृहमन्त्री सुधन गुरुङले राजनीति सिक्न नभएर सिकाउन आएको भनेर दिएको अभिव्यक्ति स्मरण गरे। ‘मन्त्रीज्यूहरूको वक्तव्य पनि सुनियो। हामी सिकाउन आएका हौं भन्ने पनि सुनियो’ राईले भने, ‘हामी सिक्न तयार छौं । हामी प्रतिपक्ष सबै […]

पार्टी एकताका लागि अझै नरम हुन तयार छु : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताएका छन्।

हिमाल र हिमनदीलाई जोडेर विपद् पूर्वसूचना प्रणाली विकास गर्न सांसद थापाको माग

उनले भने, 'अब हामीले वर्षा मात्र होइन, हिमाल र हिमनदीलाई समेत जोडेर पूर्वसूचना प्रणाली विकास गर्नुपर्ने आवश्यकता रहेको छ।'

उद्योगमन्त्रीले राजीनामा दिएर मात्रै जनताको चुलो बल्दैन : सांसद खातुन

नेपाली कांग्रेसकी सांसद शाहजान खातुनले सरकारले आपुर्ति व्यवस्थापन गर्न नसक्दा ग्यास अभाव भएको बताएकी छन् ।

OnlineKhabar logoOnlineKhabarPrivate

उद्योग मन्त्रीले राजीनामा दिएर मात्रै जनताको चुलो बल्दैन : सांसद खातुन

२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसकी सांसद शाहजान खातुनले सरकारले आपुर्ति व्यवस्थापन गर्न नसक्दा ग्यास अभाव भएको बताएकी छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । ‘उद्योगमन्त्रीज्यूले राजीनामा दिनुभएको छ । तर राजीनामा जवाफदेहिता होइन । मन्त्री फेरिएर मात्र जनताको चुलो बल्दैन’ उनले भनिन् । बिहीबार मात्रै उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा […]

OnlineKhabar logoOnlineKhabarPrivate

बाढी प्रभावित क्षेत्रबाट उद्धारकर्मीले टर्च पनि छैन भन्छन् : सांसद अवाल

२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसकी सांसद गंगालक्ष्मी अवालले रसुवा बाढी प्रभावितको उद्धारमा खटिएका टोलीहरूलाई उद्धार सामग्री अभाव भएको बताएकी छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकको आकस्मिक बैठकमा बोल्दै उनले उद्धारमा खटिएका टोलीहरूलाई उद्धार सामग्री अभाव भएको बताएकी हुन् । सांसद अवालले उद्धारमा खटिएका भक्तपुरका अरुण सैंजुले आफूलाई उद्धार सामग्रीको अभाव रहेको जानकारी दिएको पनि संसद् […]

पैसा नहुनेले सडकमै बच्चा जन्माउनुपर्ने भयानक अवस्था आयो : सांसद ठाकुर

२५ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अंकिता ठाकुरले पैसा नभएर महिलाले सडकमै बच्चा जन्नाउनुपर्ने अवस्था भयानक र कारुणिक कथा भएको बताएकी छन् । ‘जहाँ पैसाले आस र सास तय गर्छ त्यहाँ अस्पताल, अस्पताल रहँदैन। सौदाबाजीको पसल बन्छ’ उनले भनिन्। राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि स्थानीय एक महिलाले फुटपाथमै बच्चा जन्माएको घटनाबारे […]

रसुवा बाढीमा बेपत्ताहरूको आधिकारिक सूचना दिन सांसद बुढाको माग

२५ भदौ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद धनबहादुर बुढाले रसुवाको भोटेकोशी नदीको बाढीमा बेपत्ता भएकाहरूको घर-परिवारलाई आधिकारिक सूचना उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकको आकस्मिक समयमा बोल्दै उनले सम्पर्कविहीनहरूबारे आधिकारिक सूचना उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका हुन् । ‘सम्पर्कविहीन नागरिकहरूको तत्काल खोज तथा उद्धारलाई उच्च प्राथमिकतामा राखी परिवारजनलाई आधिकारिक सूचना […]

सडकमै महिलाले बच्चा जन्माएको घटना संसद्‍मा उठ्यो

२५ भदौ, काठमाडौं । सडकमै महिलाले बच्चा जन्माएको घटना संसद्‍मा उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीकी (रास्वपा) का सांसद खगेन्द्र कर्णले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि स्थानीय एक महिलाले फुटपाथमै बच्चा जन्माएको घटना संसद‍मा उठाएका हुन् । उनका अनुसार सुत्केरी व्यथा लागेपछि महिला अस्पताल गएकी थिइन् । तर पैसा नभएका कारण अस्पतालले भर्ना […]

संसदीय विशेष समिति गठनबारे सरकारको ध्यानाकर्षण गराउने विपक्षी दलहरूको निर्णय

२५ भदौ, काठमाडौं । प्रतिनिधिसभामा प्रतिधित्व गर्ने विपक्षी दलहरुले विपद् व्यवस्थापन, राहत, उद्धार, खोजी र पुनर्स्थापनाका कार्यहरू प्रभावकारी बनाउन संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार बसेको दलहरुको बैठकले सरकारी राहत–उद्धार कार्यको अनुगमन, निरीक्षण, थप सुझाव दिने र संसदीय तवरबाट आवश्यक सहजीकरणका लागि संसदीय […]

कानुनमन्त्रीलाई कांग्रेस सांसदले सोधिन्- राष्ट्रिय सभाले कुन-कुन कानुन निर्माणमा अवरोध गरेको छ ?

२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसकी सांसद निनुकुमारी कर्णले राष्ट्रिय सभाले कुन–कुन कानुन निर्माणमा अवरोध गरेको हो ? भन्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमलाई प्रश्न गरेकी छन् । बिहीबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । मन्त्री गौतमले आफ्नो असक्षमता ढाकछोप गर्न राष्ट्रिय सभामा राष्ट्रिय […]

कांग्रेसको संसदीय दलको बैठक बस्दै

२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । नेता भीष्मराज आङ्देम्बेले बिहीबार बिहानका लागि दलको बैठक बोलाएका हुन् । सिंहदरबारस्थित दलको कार्यालय बिहान ११ बजे बैठक बस्ने आङ्देम्बेको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठक अघि बस्ने संसदीय दल कार्यसमिति बैठकले एजेन्डाहरू तय गर्ने छ ।

कांग्रेस सभापति थापा आज स्याङ्जा आउने

२५ भदौ, स्याङ्जा । नेपाली कांग्रेसका सभापति गगन थापा आज स्याङ्जा आउने भएका छन् । कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री स्वर्गीय गोपालमान श्रेष्ठको ४५औं दिनको पुण्यतिथिमा आयोजित शोकसभामा सहभागी हुन थापा स्याङ्जा आउन लागेका हुन् । श्रेष्ठको राजनीतिक योगदान, लोकतान्त्रिक आन्दोलनमा उनले खेलेको भूमिका तथा पार्टी र स्याङ्जाको सामाजिक–राजनीतिक क्षेत्रमा पुर्‍याएको योगदानको स्मरणमा शोकसभा आयोजना […]

Older

9

बाढी प्रभावितलाई कांग्रेसले मनोसामाजिक परामर्श दिने

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूलाई मनोसामाजिक परामर्श उपलब्ध गराउन नेपाली कांग्रेसले जनशक्ति तयार गरेको छ ।

सर्वोच्चको निस्साबाटै आधा जितिसक्यौं, न्याय पाउने विश्वास छ : देउवा

२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा पुनरावलोकनका लागि सर्वोच्च अदालतले दिएको अनुमतिबाटै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका छन् । कांग्रेस भक्तपुरले बुधबार १३३ औं बीपी जयन्तीको अवसरमा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले सर्वोच्चबाट निस्सा पाएसँगै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका हुन् । निर्वाचन आयोगले दबाबमा […]

रसुवा बाढीपछिको अवस्थासँग लड्न सर्वदलीय संसदीय विशेष समिति गठन गरौं : रवि लामिछाने

‘अहिलेको बाढीलाई राष्ट्रिय महत्वको जलवायुजन्य विपत्तिको घोषणा गरौं । यस विपत्तिको कारण, क्षति तथा यसको अन्तराष्ट्रियकरणका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरौं,’ उनले भने ।

अर्जुननरसिंह केसीको प्रश्न- आन्दोलनले परिकल्पना गरेको समाज निर्माण गर्न सकेका छौं ?

२४ भदौ काठमाडौं । कांग्रेस सांसद अर्जुननरसिंह केसीले जेनजी आन्दोलनले परिकल्पना गरेको समाज निर्माण गर्न सकेको छ कि छैन भन्ने प्रश्न गरेका छन् । प्रतिनिधिसभाको बैठकमा उनले चरम निराशा र अनसन्तुष्टि र सरकारको दमनको परिणाम भएको उल्लेख गरेका छन् । उनले उक्त आन्दोलन संस्कार र शैली परिवर्तनका लागि भएको उल्लेख गरे । ‘आन्दोलन चरम निराशा […]

बाढीपछि बेपत्ता भएकाको अवस्था पत्ता लगाउन एमाले सांसदको ध्यानाकर्षण

२४ भदौ, काठमाडौं । प्रतिपक्षी नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले रसुवा बाढीमा बेपत्ता भएका गृहजिल्ला दार्चुलाका पाँच जनाको अवस्था पत्ता लगाउनका लागि उद्धार कार्यलाई तीव्रता दिन सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा उनले १० भदौमा गएको बाढीमा परी दार्चुलाका पाँच जना सम्पर्कविहीन भएको जानकारी संसद्लाई दिँदै उनीहरूको उद्धारका लागि तीव्रता दिन सरकारसँग […]

रसुवा बाढी गम्भीर राष्ट्रिय संकट हो, सरकार गम्भीर होस् : बासना थापा

२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी नदीमा आएको बाढीपछिको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा कांग्रेस प्रमुख सचेतक बासना थापाले आवश्यकता अनुसार थप जनशक्ति, आधुनिक प्रविधि र उद्धार उपकरणहरू परिचालन गरी खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएकी हुन् । उनले सरकारको पहिलो […]

कांग्रेसको महाधिवेशन उद्घाटन खुलामञ्चमा

२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको उद्घाटन समारोह खुलामञ्चमा हुने भएको छ । आगामी असोज १६–१९ सम्म चय भएको केन्द्रीय महाधिवेशनको उद्घाटन समारोह खुलामञ्चमा हुने भएको हो । पार्टीले महाधिवेशनको उद्घाटन समारोह खुलामञ्चमा आयोजना गरिने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । कांग्रेसका एक पदाधिकारीले महाधिवेशनअन्तर्गत बन्दसत्र पनि खुलामञ्चमै हुने बताएका […]

कांग्रेसको विधान मस्यौदा समिति विस्तार

२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विधान मस्यौदा समिति विस्तार गरेका छन् । उनले महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित समितिमा चार सदस्य थप गरेका हुन् । विधान मस्यौदा समितिमा केन्द्रीय सदस्यहरू जीवन परियार, राजीव ढुंगाना, कुशुमदेवी थापा मगर र अञ्जु झालाई सदस्य मनोनयन गरिएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । […]

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

२४ भदौ, काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । संसद् सचिवालयका अनुसार अर्थ समिति र उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्ने भएको हो । आज बिहान साढे ९ बजे बस्ने अर्थ समितिको बैठकमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले हालसम्म गरेका उद्दार, राहत वितरण तथा पुनर्स्थापनाका […]

Browse by publisher

37