Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

12 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

3

निजी क्षेत्रप्रति प्रधानमन्त्री अनुदार देखिए : कांग्रेस सभापति थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नरहेको बताएका छन्। गिरिजाप्रसाद कोइराला फाउन्डेसनले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले वर्तमान प्रधानमन्त्रीले निजी क्षेत्रलाई मन नपराउने र उपेक्षा गर्ने गरेको बताएका हुन्। थापाले दुग्ध विकास संस्थान, हेटौँडा कपडा कारखाना तथा नेपाल औषधि लिमिटेड जस्ता सार्वजनिक संस्थानहरूको सञ्चालन र नाफाप्रति शुभेच्छा रहे […]

रसुवा बाढीपीडित १३२ बालबालिकाको काठमाडौँमा पठनपाठन सुरु

काठमाडौँ- रसुवा बाढीबाट विस्थापित बालबालिकालाई विद्यालय पठाउन सुरु गरिएको छ। बाढीबाट विस्थापित भई काठमाडौँमा रहेका १३२ बालबालिकालाई गीतामाता स्कुल, डल्लुमा पढाउन सुरु गरिएको छ। काठमाडौँ महानगरपालिका कार्यवाहक प्रमुख सुनिता डंगोललले वचन र व्यवहारले बालबालिकालाई आत्मिय व्यवहार गरी पढाउन आग्रह गरिन्। नागार्जुनस्थित पहेँलो गुम्बामा आश्रित विद्यार्थीलाई प्रोत्साहित गर्न कार्यपालिका सदस्य, जनप्रतिनिधि, शिक्षा विभागका अधिकारी विद्यालय पुगेका […]

उद्योगीसँग छलफलमा प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार उद्यमी तथा व्यवसायीहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्रीसँगको छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भइरहेको छलफलमा मुलुकको आर्थिक अवस्था, उद्योग व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायबारे […]

Earlier today

2

गोकर्णेश्वर महादेव मन्दिरमा बिहानैदेखि पितृभक्तको घुइँचो

काठमाडौँ- काठमाडौँ उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर शुक्रबार बिहानैदेखि पितृभक्तको घुइँचो लागेको छ। कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिन भएकाले पितृभक्तको भीड लागेको हो। दिवंगत पिताप्रति श्रद्धा व्यक्त गर्ने तथा यस दिन वर्षभरिका धार्मिक कृत्यमा आवश्यक पर्ने कुश घरमा भित्र्याउने परम्परा रहेकाले यसलाई कुशेऔँसी भनिएको हो। कुशलाई भगवान् विष्णुको स्वरूप मानिन्छ। […]

आज बाबुको मुख हेर्ने दिन, घरघरमा कुश पनि राखिँदै

काठमाडौँ- कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदै छन्। यो पर्व प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइन्छ। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन […]

Yesterday

4

मन्त्रीको ‘पाता फर्काउनुपर्ने’ अभिव्यक्तिले निजी क्षेत्र आक्रोशित, भने : दोषी देखाउने अभिव्यक्ति अनुचित

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले प्रतिनिधि सभाको समिति बैठकमा एलपी ग्यास उद्योगीहरूप्रति दिएको अभिव्यक्तिप्रति निजी क्षेत्र आक्रोशित बनेको छ। उद्योग समितिको बुधबार बसेको बैठकमा मन्त्री यादवले ग्यास आपूर्ति सहज बनाउन उद्योगीहरूको ‘पाता फर्काउनुपर्ने’ अभिव्यक्ति दिएकी थिइन्। उनको अभिव्यक्ति गैरजिम्मेवारी भएको भन्दै निजी क्षेत्रले आपत्ति जनाएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले ग्यास उद्योगीलाई […]

५३ हजार ४६९ सिलिन्डर भरेर काठमाडौँ ल्याइँदै [कुन कम्पनीका कति?]

काठमाडौँ- कृष्णभिरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने भएपछि विभिन्न जिल्लामा रहेका उद्योगबाट ५३ हजार ४६९ सिलिन्डर एलपी ग्यास भरेर काठमाडौँ पठाइएको छ । चितवनसहित विभिन्न जिल्लामा रहेका ग्यास उद्योगबाट भरिएका ती सिलिन्डर बुधबार काठमाडौँ पठाइएको हो । नेपाल ग्यास उद्योग, नारायणीबाट चार हजार ५४३ सिलिन्डर विभिन्न कम्पनीको भरेर पठाइएको छ । जसमध्ये एचपी […]

कालिमाटीमा महँगिए तरकारी : गोलभेँडा ८५, डल्ले च्याउ ४७५ [अरू कति?]

काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ। अधिकांश तरकारी महँगिएका छन्। कालिमाटीमा आज ठूलो नेपाली गोलभेँडा ८५, भारतीय ठूलो गोलभेँडा ८५, सानो लोकल गोलभेँडा ४०, रातो आलु लाम्चो ५२, भारतीय सुकेको प्याज ९४, लोकल गाँजर १०३, लोकल बन्दा २५, स्थानीय काउली ९४, […]

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

काठमाडौँ- संविधान दिवस २०८३ को अवसर पारेर असोज ३ गतेदेखि काठमाडौँ उपत्यकाका विस्तारित ६ वटा रुटमा २८ वटा रात्रिकालीन बसबाट सेवा थप गर्ने निर्णय भएको छ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बस सेवा सञ्चालन हुने नगरपालिकाका प्रमुख, उपप्रमुख, यातायात सेवा प्रदान गर्ने साझा यातायात र सरोकारवाला अधिकारी बीचको बैठकले यो निर्णय गरेको […]

Older

3

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

काठमाडौँ- रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ नाकामा अलपत्र परेका ६७० नेपाली नागरिकको सकुशल उद्धार गरिएको छ। नेपाल–चीन सीमावर्ती सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै उनीहरूलाई स्वदेश फर्काइएको सशस्त्र प्रहरी बलले जनाएको छ। व्यापार व्यवसाय, भ्रमण, पर्यटनलगायत विभिन्न कामले केरुङ पुगेका नेपाली यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका कारण उतै रोकिएका थिए। चीन सरकारको विशेष […]

ग्यास उद्योगले असहयोग गर्दा उपत्यकामा ग्यासको समस्या देखियो : उद्योगमन्त्री

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले ग्यास उद्योगको असहयोगका कारण उपत्यकामा ग्यास आपूर्तिमा समस्या देखिएको बताएकी छन्। बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा मन्त्री यादवले आयल निगमअन्तर्गत आफ्नै ग्यास उद्योग नरहेको र ५८ वटै उद्योग निजी क्षेत्रलाई दिइएकोले सरकारले केही गर्न नसकेको उनले गुनासो गरिन्। […]

जुनसुकै कम्पनीको सिलिन्डर साट्न पाइने

काठमाडौँ- हालैको बाढीपछि काठमाडौँ उपत्यकामा देखिएको एलपी ग्यास आपूर्ति समस्या समाधान गर्न सरकारले अस्थायी रूपमा जुनसुकै कम्पनीको खाली सिलिन्डर साटेर अर्को कम्पनीको भरिएको सिलिन्डर लिन मिल्ने व्यवस्था लागू गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले नेपाल आयल निगम र ग्यास उद्योगका प्रतिनिधिसँग छलफल गर्दै उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले उक्त निर्णय गरिएको […]

Browse by publisher

37