कृषि अनुदानको प्रलोभन देखाएर पाँच करोड ८० लाख ठगी, दुई पक्राउ
काठमाडौँ- कृषि फार्मका लागि सहुलियत अनुदान मिलाइदिने प्रलोभन देखाएर रु पाँच करोड ८० लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्। नेपाल प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका-१३ ताहाचलका ५२ वर्षीय तिलक बुढाथोकी भन्ने श्रीकृष्ण महर्जन र ललितपुर महानगरपालिका-१४ नखिपोटका ६० वर्षीय प्रेमनारायण खनाललाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बिहीबार पक्राउ गरेको हो। उनीहरूले सिंहदरबारस्थित विभिन्न मन्त्रालयका […]

