
भारतीय सहयोगमा निर्मित पाटनको कुमारी छेँ र नयाँ कुमारी निवास उद्घाटन
ललितपुर- ललितपुरको पाटनमा पुनर्स्थापित सांस्कृतिक सम्पदा स्थल ‘कुमारी छेँ’ र ‘नयाँ कुमारी निवास’को उद्घाटन गरिएको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, प्रतिनिधिसभा सदस्य जगदीश खरेल र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सोमबार संयुक्त रूपमा दुवै सम्पदाको उद्घाटन गरेका हुन्। उद्घाटनका क्रममा उनीहरूले उद्घाटन पट्टिका अनावरण गर्नुका साथै परम्परागत समारोहमा सहभागिता जनाएका थिए। भारत सरकारको […]






