इनमसँगको कनेक्सनले न्यायाधीशदेखि प्रहरी प्रमुखसम्म विवादमा
'लोकान्तर राउण्ड अप' मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-विचौलिया भनिएका इनम सापकोटासँग कनेक्सन देखिएपछि न्यायाधीशदेखि प्रहरी प्रमुखसम्म विवादमा तानिएका छन् । यो प्रकरणमा नेपाल प्रहरीले सुरक्षा संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्न खोजिएको दाबी गरेको छ।प्रहरी महानिरीक्षक दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको भन्ने समाचारप्रति आपत्ति जनाउँदै प्रहरीले बिहीबार जारी गरेको विज्ञप्तिमा संगठनको प्रतिष्ठा र कार्यसम्पा