ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न काठमाडौँ प्रशासनको निर्देशन, स्टक राखेको पाइए कारबाही हुने
काठमाडौँ जिल्ला प्रशासन कार्यालयले खाना पकाउने ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न र कालोबजारी रोक्न पहल थालेको छ।हाल काठमाडौँमा ग्यासको आपूर्ति भए पनि उपभोक्ताले सहज रूपमा नपाएको गुनासो बढेपछि प्रशासनले आवश्यक पहल थालेको हो। जिल्ला प्रशासन कार्यालयले सबै ग्यास बिक्रेता तथा डिलरहरूलाई जुनसुकै समयमा पनि उपभोक्तालाई ग्यास बिक्री गर्न निर्देशन दिएको छ।साथै, तोकिएको मूल्यभन्दा बढी रकम लिने वा ग्यास भण्डारण गरी लुकाउने कार्य गरेको पाइएमा तत्काल कडा कानुनी कारबाही गरिने प्रमुख जिल्ला अधिकारी ईश्वरराज प